कोरोना महामारीपछिको पहिलो खेलमा बार्सिलोनाको सानदार जित, शिर्षस्थानमा कायमै !

एजेन्सी – कोरोना महामारीपछिको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो ।

बार्सिलोनाको सानदार जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो ।

मालोर्कामा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोर्डी अल्वाको पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।

७९औं मिनेटमा लियोनेल मेस्सीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

सानदार जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

अन्य नतिजा

इस्पान्योलविरुद्ध डिर्पाेटिभो अलाभेस (२–०)

सेल्टा डि भिगोविरुद्ध भिल्लारियल (०–१)

लेगानेसविरुद्ध रियल भालाडोलिड (१–२)

प्रकाशित : आइतबार, जेठ ३२, २०७७०१:४५

“न्याय त पाइयो, तर समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्ने ?” – पूर्वकप्तान सागर थापा