काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले देशको अर्थतन्त्र थप धरासयी बन्ने बताएका छन्।
सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले कोरोना भाइरस महामारीले मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलेको बताए। प्रधानमन्त्री र अर्थमन्त्रीका कारण यस्तो अवस्था देखिएको उनको आरोप छ। अर्थमन्त्री युवराज खतिवडा प्रति लक्षित गर्दै आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने गर्नाले अर्थतन्त्र धरासयी भएको उनले बताए।

“आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने गर्नाले अर्थतन्त्र धरासयी भयो। कोरोना महामारी छ यसले झन् अर्थतन्त्रलाई थप जटिल अवस्थामा लैजान सक्छ।”,उनले भने।

यस्तै उनले भारतसँग रहेको सीमा विवाद कुटनीतिक तवरले वार्तासंवाद समाधान गर्नु पर्ने बताए। आफू नेपाल-भारत वार्ताका लागि सहजीकरण गर्न तयार रहेको पनि उनको भनाई छ।
“अहिले सरकारमा रहेका भारतीय नेताहरूसँग मेरो राजनीतिक र भावनात्मक सम्बन्ध छ। जनस्तरमा सम्बन्ध सुधारका लागि पहल गर्न सकिन्छ। वार्ता सरकारले नै गर्नुपर्छ। हामीहरु वार्ताको सहजीकरण गर्न तयार छौँ।”,उनले भने।

