काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समिति सरकारले खारेज गरेको छ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको हो।
उच्चस्तरीय समिति खारेज भएसँगै समितिले गर्दै आएको कार्य कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले सम्हाल्ने भएको छ। उक्त जिम्मेवारी सीसीएमसीलाई दिने सरकारको निर्णय छ।
सरकारको यस निर्णय आधिकारिक रुपमा बाहिर नआएपनि बालुवाटारले यस्तो निर्णय गरिसकेको बताइएको छ। सरकारले सीसीएमसी गठन गरेसँगै दुई संयन्त्र हुने र उच्चस्तरीय समन्वय समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै खारेज गरिएको बुझिएको छ।
उच्चस्तरीय समितिका कामकारवाहीप्रति प्रधानमन्त्री केपी ओली आफैं असन्तुष्ट रहेका छन्। समितिले गरेका विभिन्न निर्णय माथि प्रश्न उठ्नु र कोरोना नियन्त्रणमा उचित कदम चाल्न नसक्नुले ओलीलाई असन्तुष्ट बनाएको हो।
जेठ २८ गते बसेको प्रतिनिधिसभाको बैठकले समिति खारेज गर्ने निर्णय गरेको भएपनि सार्वजनिक भए गरिएको छैन।