यी ‘फेक’ महतो जो भारतको सेना कति छन थाहा छैन, नेपाली सेना तीन करोड छौं भनिरहेका छन्…

काठमाडौँ – संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेता राजेन्द्र महतोले दिएको मन्तव्यले एका-एक चर्चा पायो। राष्ट्रियताका पक्षमा खरो मन्तव्य राख्दै उनले वास्तविक राष्ट्रका पहरेदार मधेशी रहेको बताए। उनको मन्तव्यले संसद देखि सामाजिक संजाल सम्म तरंग पैदा गर्यो।

मधेशमाथि लाग्‍ने आरोपको खण्डन गर्दै उनले राष्ट्रघात हुने किसिमको कार्य कुनै पनि मधेशी नेता तथा जनताबाट नभएको स्पष्ट पारे। उनले कांग्रेस र कम्युनिस्टले राष्ट्रघाती सन्धि गरेको तर्क गरे। मधेशीलाई भारतीय देख्‍ने कुण्ठा हटाउन उनले आह्वान गरे। पहिला गाली र आलोचनाको केन्द्र बन्ने गरेका उनी सामाजिक संजाल, मिडियामा वाहवाहीको पात्र बन्न पुगे।

महतोले मन्तव्य दिएको केहि दिन बितिसकेपनि उनको चर्चा सामाजिक संजालमा अझै सेलाएको छैन। उनी बारे विभिन्न समाचार आउने क्रम जारी नै छ। सामाजिक संजालमा उनीसँग सम्बन्धित एक समाचार भाइरल छ। भाइरल समाचारमा महतोले “भारतको सेना कति छन थाहा छैन, नेपाली सेना तीन करोड छौं” भन्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

@Rajendra_Mahat0 ह्यान्डल भएको ट्वीटर मार्फत भएको ट्वीट समेत समाचारहरुमा राखिएको पाइएको छ। राजेन्द्र महत्वलाई थप भाइरल बनाइरहेको उक्त ट्वीटर ह्यान्डल वास्तविकमा भने फेक हो। उक्त ट्वीटर अकाउन्टमै ‘फेक अकाउन्ट’ भन्ने उल्लेख गरिएको छ। तैपनि, उक्त अकाउन्टलाई राजेन्द्र महत्वकै आधिकारी ह्यान्डलको दर्जा दिएर समाचारहरु सम्प्रेषित भइरहेका छन्।

सामाजिक संजाल फेक अकाउन्टको भण्डार बनिरहेको कुरा कुनै नौलो होइन । नेता, कलाकार, खेलाडी देखि नाम चलेका चर्चित व्यक्तिहरुको असंख्य फेक अकाउन्ट सामाजिक संजालमा पाइन्छ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०६:१४

भारतीय च्यानलमा नेपालको इज्जत लिलाम गर्दै सरिता गिरी ! भनिन् – ‘नेपालसंग प्रमाण छैन” [भिडियो]