भारतीय च्यानलमा नेपालको इज्जत लिलाम गर्दै सरिता गिरी ! भनिन् – ‘नेपालसंग प्रमाण छैन” [भिडियो]

काठमाडौँ – विवादित सांसद सरिता गिरीले नेपालमा चीनको प्रभाव बढेको बताएकी छन्। एक भारतीय टेलिभिजनसंग कुराकानी गर्दै उनले नेपालमा चीनको प्रभाव बढेको र बिना आधार नेपालले नक्सा ल्याएको बताएकी हुन्।

सन् २०१५ को नाकावन्धि र भारत विरोधी भावना उत्पन्न गराएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सत्ता प्राप्त गरेको पनि उनले आरोप लगाएकी छन्।

टिभी ९ भारतवर्षसँग कुराकानी गर्दै उनले पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको आरोप लगाइन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको विचारधारा बोकेको भन्दै पत्रकारले सोधेको प्रश्नलाई गिरीले समर्थन गरिन्।

“निश्चित पनि, ओली चीनको विचारधारा बोकिरहेका छन्। यो मात्र होइन, उनले २०७२ को निर्वाचनमा ओलीले नाकावन्धिलाई महत्वपूर्ण मुद्दा बनाए। भारतले लगाएको नाकावन्धिको काउन्टरमा उनले चीनसंग धेरै सन्धि-सम्झौता गरे। तर, मलाई लाग्दैन कि ती सम्झौताहरु कार्यान्वयनमा आउँछन्।”,उनले भनिन्,”गम्भीर कुरा यो छ कि, नेपालको अर्थतन्त्र अहिले ज्यादै कम्जोर अवस्थामा छ। समाजवाद उन्मुख संविधान ल्याइएको छ र त्यो चीनको सहयोग बिना सम्भव छैन।”

नेपालमा आर्थिक, सामाजिक र राजनीतिक रुपमा प्रभाव बढिरहेको उनको बुझाई छ। समाजवादको एजेन्डा पूरा गर्नको लागि कम्युनिष्ट सरकारले देशमा चीनको प्रभाव अंगिकार गरिरहेको उनले आरोप लगाइन्।

नेपालमा मधेशीहरुले आफ्नो अधिकारको कुरा उठाउँदा सिधै भारतीयको त्याग दिइने गरेको भन्दै उनले अन्तर्वार्ताका क्रममा देखेसो गरिन्। मधेशीले केहि बोलि हाल्यो भने भारतीय जासुसको संज्ञा दिइने गरेको उनको भनाई छ।

यस्तै उनले कालापानी-लिपुलेक नेपालको रहेको प्रमाण नखुलाई संविधान संशोधन गर्न लागिएको प्रति आफूले विरुद्ध जनाउँदा अपमान सहनु पर्ने पनि बताएकी छन्।

“नेपाल सन् १८१६को सन्धि पुनर्जीवित गर्न चाहन्छ। यस प्रति मेरो विरोध हो।”,उनले अन्तर्वार्तामा भनेकी छन्,”मधेशीको बारेमा एकपटक पुनः बहस हुन जरुरत छ। यसलाई पनि राजनीतिक मुद्दा बनाइनुपर्छ। मलाई राष्ट्रविरोधी भनेर घरमा आक्रमण भएको छ। जबकी म समस्याको समाधान चाहिरहेकी छु।”

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०७:२९

परिवारवादको बिरोध गर्दै वर्षाले शेयर गरिन आफ्नो पिडा, भन्छिन-‘म पनि डिप्रेस्ड थिए…’