राजतन्त्र पुन:स्थापना माग गर्दै काठमाडौँमा प्रदर्शन !

काठमाडौँ – राजतन्त्र पुन:स्थापना माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार युवाहरुको एक समूहले राजधानीमा राजतन्त्र पुन:स्थापना माग गर्दै प्रदर्शन गरेको हो।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठन र युवा संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। बौद्धमा भएको उक्त प्रदर्शनमा युवाहरुले राजतन्त्र चाहियो भन्दै नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागी युवाहरुले राजतन्त्र पुन:स्थापना गर्नुको आवश्यकता पनि प्रस्तुत गरेका थिए। प्रदर्शनमा करिब डेढ सय युवाहरुले सहभागी भएको बताइएको छ।

तस्विर: जनक फडेरा

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१२:०१

वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि मात्रै दिन प्रस्ताव, मधेशी नेताहरुको असन्तुष्टि !