कोरियाले नेपाललाई दियो ५० हजार पीसीआर किट

काठमाडौं। दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आरटी–पीसीआर किट प्रदान गरेको छ।

देशभर कोरोना भाइरस सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख रूपैयाँ बराबरको ती परीक्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको छ।

कोहकाका तर्फबाट नेपालस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गरेका हुन्।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी ६ असारबाट प्रदान गरिने कोहकाले जनाएको छ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१२:५८

भारत भाग्ने सांसद सरिता गिरीको प्रयास असफल, सीमाबाटै फर्किइन् !