पूरै विश्वका लागि खुसीको खबर: कोरोनाबाट ज्यान जोगाउने सस्तो औषधि पत्ता लाग्यो !

काठमाडौँ – पहिला देखिनै प्रचलनमा रहेको एक औषधि कोरोना भाइरस संक्रमण विरुद्ध काम आउने विज्ञहरुले बताएका छन्।

बिबिसीका अनुसार डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका हुन्।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको बिबिसीले जनाएको छ।

कोरोना भाइरस संक्रमणका कारण भेन्टीलेटरमा राखिएका बिरामीको मृत्युदर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँच मध्ये एक बिरामी जोगाउने विज्ञहरुको भनाई छ।

कोरोना भाइरस संक्रमणको उपचार माथि विश्वभर भइरहेको अनुसन्धान तथा प्रयोग मध्ये डेक्सामेथासोन पनि एक हिस्सा रहेको बताइएको छ। उक्त औषधि सुरू देखि बेलायतमा पाइएको भए करिब ५ हजार ज्यान बच्ने थियो भने अनुसन्धानकर्ताहरूले बताएको बिबिसीको भनाई छ।

बताइएअनुसार, यो औषधिको मूल्य पनि सस्तो छ। उच्च संख्यामा कोरोना भाइरस संक्रमित रहेका मुलुकहरुलाई यस औषधिले धेरै सहयोग पुर्याउने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन्।

डेक्सामेथासोन पूरानो औषधि हो। सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ। यो औषधिलाई तत्कालै प्रयोगमा ल्याउन सकिने भएका कारण पूरै विश्वको लागि यो खुसीको कुरा रहेको अनुसन्धानकर्ताहरुको भनाई छ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१४:४६

कर्णालीमा एकै दिन १९१ जनाले कोरोना जिते !