सरिता गिरीको दुखेसो – ‘मैले नक्सा र सीमाको कुरा उठाउँदा राज्यले गिरफ्तार गर्न खोज्यो”

काठमाडौँ – जनता समाजवादीकी सांसद सरिता गिरीले आफूले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा राज्यले गिरफ्तार गर्न खोजेको आरोप लगाएकी छिन् ।

एक निजी अनलाइनसँग कुराकानी गर्दै गिरीले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाएकै कारण आफूलाई राज्यले गिरफ्तार गर्न खोजेको आरोप लगाएकी हुन्।

भारतका रहेका आफ्ना बुवा सिकिस्तै बिरामी हुँदा भेट्न जाने क्रममा आफूलाई प्रहरीले रोकेको प्रति उनले देखेसो गरिन्। मलाई जान दिनुस् भनेर सुरक्षाकर्मीलाई बिन्ती गर्दा पनि प्रहरीले अगाडी बढ्न नदिएको उनको दुखेसो छ। गृहमन्त्रालयका दुईजना सहसचिवसँग कुरा गर्दा सिडियोसँग कुरा गर्न भनेको र सिडियोले पनि आफ्नो कुरा नसुनेको उनको भनाई छ।

“मेरो बुवा विरामी भएको कारणले उहाँलाई हेर्नका लागि आज म आफ्नो माइती जान लागेको थिएँ । मेरो बुवा ९० वर्षको हुनुहुन्छ । उहाँ साह्रै विरामी हुनुहुन्छ । तर, सिरहाको ठाडी नाकामा प्रहरीले मलाई रोके ।”,उक्त कुराकानीमा उनले भनेकी छन्,”मैले बाटैमा उभिएर वहाँहरुलाई सम्झाउन खोजेँ । मलाई जान दिनुस् भनेर सुरक्षाकर्मीलाई बिन्ती गरेँ । तर मलाई अघि बढ्न दिइएन । मैले गृहमन्त्रालयका दुईजना सहसचिवसँग पनि कुरा गरे । उहाँहरुले यो आफ्नो क्षेत्रको कुरा नभएको बताउँदै सिडियोसँग कुरा गर्नुस् भन्नुभयो । मैले सिडियोसँग कुरा गरेँ । मेरो पार्टीका नेता तथा कार्यकर्ताले पनि कुरा गर्नुभयो । तर सिडियोले पनि वास्ता गर्नुभएन । जिल्लाको एसपीसँग पनि कुरा गरेँ । सबैले मेरो आग्रहलाई बेवास्ता गरे ।”

सिरहाको ठाडी नाकाबाट भारत जाने प्रयास गर्दा आफूलाई गिरफ्तार गर्ने प्रयास समेत गरिएको उनले बताएकी छन्। सशस्त्र प्रहरीले भित्रै बस्न भनेका बेला आफ्ना पार्टीका नेताहरुले गिरफ्तारी गर्ने तयारी रहेको सुनाएपछि आफू त्यहाँबाट हिडेको उनको भनाई छ।

“अचानक मेरै पार्टीका मान्छेहरुले मलाई फोन गर्न थाल्नुभयो । दुई वटा फोन आएको थियो । उहाँहरुले मलाई भन्नुभयो कि म्याडम तपाईंलाई गिरफ्तारी गर्ने तयारी भइरहेको छ, तपाईं त्यहाँबाट निस्किनुस् । म आत्तिएँ । हतारहतार निस्कन खोजेँ । मैले भगवानपुरमा हाम्रो पार्टीका कार्यकर्ता हुनुहुन्छ, उहाँसँग कुराकानी गरेर म आउँछु भन्दै बहाना बनाएँ । म भित्र जाँदा त्यहाँ बाहिर धेरै सुरक्षाकर्मी थिएनन् । जब म बाहिर निस्के, सुरक्षाकर्मीको उपस्थिति बढिसकेको थियो।”,उक्त कुराकानीमा उनले भनेकी छन्।

प्रकाशित : बुधबार, असार ०३, २०७७०२:१२

चीनसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु, भारतले चीनसँग लड्न गोर्खा सैनिक बोलायो !