चीनसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु, भारतले चीनसँग लड्न गोर्खा सैनिक बोलायो !

एजेन्सी – भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भि-डन्तमा मानवीय क्ष-ति भएको छ ।

सोमबार राति भएको दुई पक्षबीचको भि-डन्तमा २० भारतीय सैनिकको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता भइरहे पनि विवाद भने साम्य हुन सकेको छैन।

मंगलबार अबेर राति मात्रै भि-डन्तमा २० भारतीय सैनिकको ज्यान गएको पुष्टि भएको भारतीय संचार माध्यमहरुले जनाए। दुई देश बीच तनाव बढेसँगै अहिले दुवै देशले सीमा क्षेत्रमा सैन्य शक्ति बढाएका छन्।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको आरोप छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग स्थिति नियन्त्रण बाहिर गएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

भारतले बोलायो गोर्खा सैनिक

लद्दाखमा भारत र चीनबीच सिर्जित तनाव गम्भीर बन्दै जाँदा भारतले बिदामा रहेका गोर्खा सैनिकलाई फिर्ता बोलाएको छ। नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको हो।

भारतले बोलाएसँगै भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएकाहरु फर्किन थालेका छन्।

भारतीय सेनामा करिब १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू विशेष गरेर सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् । भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि रही आएको छ ।

प्रकाशित : बुधबार, असार ०३, २०७७०२:१३

कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु !