कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु !

काठमाडौँ – नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण संक्रमणको पुष्टि भएको छ ।

सोमबार राति नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो। जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।

महिला दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताइएको छ। अस्पताल भर्ना भएकै दिन उनको स्वाब संकलन गरिएको थियो भने कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै उनको ज्यान गएको थियो।

अस्पतालका एक उच्च अधिकारीका अनुसार मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ। महिलाको उपचार गरिएको आईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले यस घटनाको पुष्टि गरेपनि अस्पतालले अधिकारिक रुपमा पुष्टि भने गरेको छैन। यस घटना बारे स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने बताइएको छ।

यससँगै बाँकेमा काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेकाे छ । यस अगाडी नरैनापुरमा भारतकाे मुम्बईबाट आएका एक युवककाे क्वारेन्टाइनमा ज्यान गएको थियोे ।

प्रकाशित : बुधबार, असार ०३, २०७७०२:३४

कोरोना भाइरसका कारण भारतमा विश्वकै बढी मृत्यु, ब्राजिल र अमेरिकालाई पनि पछि पर्यो !