आज फेरी बढ्यो सुनको मुल्य, चाँदीको भाउमा गिरावट!

काठमाडौँ, असार ३ । नेपाल सुनचाँदी व्यवसायी महाँसघको अनुसार आज (बुधबार) फेरी सुनको मुल्य बढेको छ ।

आज सुनको मुल्य प्रतितोला १ सय रुपैयाले बढेसंगै छापावाला सुनको मुल्य प्रतितोला ८९ हजार  ८ सय रुपैयामा कायम रहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ८९ हजार ७ सय रुपैयामा कायम रहेको थियो । साथै  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३  सय ६५ रुपैयामा कायम रहेको छ ।

केहि दिनदेखि लगातार स्थिर रहेको सुनको मुल्यमा मंगलबारयता केहि रकमले परिवर्तन आएको  हो ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५  रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय ३० रुपैयामा कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

प्रकाशित : बुधबार, असार ०३, २०७७०६:००

लगातार बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!