लगातार बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, असार ८ । नेपाल सुनचाँदी व्यवसायी महाँसघको अनुसार आज  सोमबार फेरी सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाले बढेसंगै छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार रुपैयामा कायम रहेको छ ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कायम रहेको थियो । साथै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५  सय ६५ रुपैयामा कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय ५० रुपैयामा कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

प्रकाशित : सोमबार, असार ०८, २०७७०६:०७

घट्यो लगातार बढिरहेको सुनको मुल्य, यस्तो छ भाउ!