घट्यो लगातार बढिरहेको सुनको मुल्य, यस्तो छ भाउ!

काठमाडौँ, असार ९ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४ सय रुपैयाले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेलो धातुको मूल्य रु ९० हजार ६ सय रुपैयामा  कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १ सय ६० कायम भएको छ। साथै  सोही परिमाणको चाँदीको मुल्य रु ९ सय ४० मा खरिद बिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७०७:४५

फेरी बढ्यो सुनचाँदीको मुल्य, अहिले सम्मकै महँगो भाउ!