फेरी बढ्यो सुनचाँदीको मुल्य, अहिले सम्मकै महँगो भाउ!

काठमाडौँ, असार १० । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य मंगलबारको तुलनामा आज रु ५  सय रुपैयाले बढेको  छ । मंगलबार छापावाला सुन प्रतितोला रु ९० हजार ६ सय रुपैयामा कारोबार भएकोमा आज सोही परिमाणको पहेलो धातुको मूल्य रु ९१  हजार १ सय  रुपैयामा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ६  सय ६५  कायम भएको छ। साथै  सोही परिमाणको चाँदीको मुल्य रु ९ सय ४५  मा खरिद बिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

प्रकाशित : बुधबार, असार १०, २०७७०७:४७

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको भाउ!