के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको भाउ!

काठमाडौँ, असार ११ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य बुधबारको तुलनामा आज भने स्थिर रहेको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९१  हजार १ सय  रुपैयामा कारोबार भएकोमा आज पनि सोही मूल्य (९१  हजार १ सय) मा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ६  सय ६५  कायम भएको छ। साथै आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाले घटेको छ।  आज  चाँदीको मुल्य प्रतितोला रु ९ सय ३५ रुपैया  मा खरिद बिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

प्रकाशित : बिहिबार, असार ११, २०७७०६:२५

सुनको मूल्यले फेरी बनायो रेकर्ड, सुन अहिले सम्मकै महँगो !