सुनको मूल्यले फेरी बनायो रेकर्ड, सुन अहिले सम्मकै महँगो !

काठमाडौँ, असार १७ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।  मंगलबार  छापावाला सुन प्रतितोला रु ९१  हजार ५  सय  रुपैयामा कारोबार भएकोमा आज  ५ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार २  सय ६५  कायम भएको छ। साथै आज चाँदीको मुल्य पनि तोलामा १५  रुपैयाले बढेको  छ।  आज  चाँदीको मुल्य प्रतितोला रु ९ सय ६०  रुपैया  मा खरिद बिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

प्रकाशित : बुधबार, असार १७, २०७७०६:१८

घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!