दार्चुला पुगे प्रधानसेनापति थापा र सशस्त्र प्रहरी बलका प्रमुख खनाल

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन्।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा सुरक्षका लागि राखिएको अस्थायी क्याम्प निरीक्षण गर्न लागि सेनाकाे हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन्। दुवै जनाले बुधबार नै कालापानीको छाँग्रु बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण र छाँग्रु-तिङ्कर सडक खण्डको अनुगमन गर्ने बताइएको छ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका छन् । छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु करीब ८० किमी र छाङरुबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ । कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्छ । सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ ।

सो नक्शालाई समेटेर बनाइएको निसान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरुपमा पारित गरेको छ ।

सो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो ।

भारतले महाकाली नदी किनार किनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पुर्याएपछि नेपालले कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । चीनको मानसरोवर जोड्न भारतले नेपाल भूमि हुँदै सडक बनाएको थियो ।

प्रकाशित : बुधबार, असार ०३, २०७७०६:५१

बाबु बने गायक प्रमोद खरेल, ६ दिनसम्म रुनु न हास्नु भयौ भन्दै लेखे यस्तो स्टाटस!