एजेन्सी – समस्या नै समस्याले घेरिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन्। चीनसंग सीमा क्षेत्रमा तनाव बढेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका हुन्।
लद्दाखमा चीनसँग उत्पन्न भएको विषयलाई लिएर छलफल गर्न मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
शुक्रबार हुने बैठक भर्चुअल हुनेछ। बैठकमा देशमा सम्पूर्ण दलका प्रमुखहरु उपस्थित हुने बताइएको छ। चीनसँग उत्पन्न भएको तनाव पश्चात के कदम लिने भन्ने बारे बैठकमा छलफल हुने प्रधानमन्त्री कार्यालयको भनाई छ।
भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको थियो। सो झडपमा पनि २० भारतीय सैनिकले ज्यान गुमाएका थिए।
यसै विषयलाई लिएर प्रतिपक्षि दल कंग्रेसका नेता राहुल गान्धी लगायतले मोदी सरकार माथी प्रश्न गरेका छन्। आफ्नो भूमि र सेनाको रक्षा गर्न नसेको भन्दै उनले मोदीको निन्दा गरेका छन्।
भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ । सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ ।
चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।