पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित

इस्लामाबाद – पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ ।

पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको संख्या २ हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ ।

पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिए।  उनले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताए।

प्रकाशित : बुधबार, असार ०३, २०७७१४:२२

बिखण्डनकारी सिके राउतसहित १६ जनाले पाए सफाइ !