बिखण्डनकारी सिके राउतसहित १६ जनाले पाए सफाइ !

काठमाडौँ – राज्यविरुद्धको अपराधको मुद्दामा सिके राउत सहित १६ जनाले सफाइ पाएका छन्। बुधबार सवोच्च अदालतले सिके राउत सहित १६ जनालाई राज्यविरुद्धको अपराधको मुद्दामा सफाइ दिएको हो।

बुधबार न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको सवोच्च अदालतले जनाएको छ।

देश टुक्र्याएर मधेशलाई छुट्टै देश बनाउने अभियान बोकेका बिखण्डनकारी राउतसहित उनको एक समूहविरुद्ध सरकारले राज्यविरुद्धको मुद्दा चलाएको थियो। जसउपर फैसला गर्दै सर्वोच्चले सफाइ दिएको हो।

यस अगाडी राउतलाई विशेष अदालतले समेत सफाइ दिएको थियो। विशेषको फैसला त्रूटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेपनि बुधबार सर्वोच्चले विशेष अदालतको फैसला सदर गरेको हो।

पहिला देश टुक्र्याएर अभियानमा लागेका राउतसँग २०७५ फागुन २४ गते सम्झौता गरेको थियो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएपश्चात उनले जनमत पार्टी मार्फत राजनीति शुरु गरेका छन्।

प्रकाशित : बुधबार, असार ०३, २०७७१४:३८

“नेपालमा कोरोना उच्च बिन्दुमा पुग्दै, संक्रमित ५० हजार कट्ने”