“नेपालमा कोरोना उच्च बिन्दुमा पुग्दै, संक्रमित ५० हजार कट्ने”

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार पुग्ने देखिएको छ। केरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार पुग्न सक्ने प्रक्षेपण गरिएको बताएका हुन्।

पत्रकारहरुसँगको भेटघाटमा पोखरेलले बुधबार कोरोना भाइरस संक्रमण नेपालमा भदौमा उच्च बिन्दुमा पुग्ने र संक्रमितको संख्या ५० हजार सम्म पुग्न सक्ने बताए।

“लकडाउन खुकुलो तुल्याएर जनजीवनलाई केही सहजीकरण गरेका छौं । कोरोना सङ्क्रमण घट्दो क्रममा रहेकाले होइन । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको छ । यसमा तलमाथि हुनसक्छ।”,उनले भने।

हाल दैनिक ६ हजार पिसिसार परीक्षण भैरहेकोमा त्यसलाई बढाएर १० हजार पुर्याउने सरकारको तयारी रहेको उनले बताए। परीक्षणको दयारा बढाएरपछि मात्र कोरोनाको फैलावट एकिन हुने उनको भनाई छ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो सम्म देशभर १ लाख ४९ हजार ७ सय ७२ पिसिसार परीक्षण गरिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ५ सय ८६ जनामा कोरोनाको पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोभिड– १९ को सङ्क्रमण आज ५८६ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ पुरुष र ४० महिलामा सङ्क्रमण देखिएको छ ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । तीमध्ये छ हजार ६३८ पुरुष र ५३९ जना महिला रहेका छन् ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१४:५३

कोरोना नियन्त्रण गर्न प्रदेश सरकार अहोरात्र खटिएको छ : मुख्यमन्त्री भट्ट