काठमाडौँ – करेन्ट लागेर मकवानपुरमा एक जनाको ज्यान गएको छ। गुड्दै गरेको मोटरसाइकलमा तार खसेपछि करेन्ट लागेर एक जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा बागमती गाउँपालिका–६ फापरबारी बस्ने ४० वर्षीय इन्द्र थोकर रहेका छन्। ना ८ प ५२८० नम्बरको मोटरसाइकल चढी गाउँपालिका वडा नम्बर ४ झुरझुरे स्थित भित्रीबाटो हुँदै फापरबारीबाट ज्यामिरे तर्फ जाँदै गर्दा उनलाई करेन्ट लागेको बताइएको छ।
बाँधिरहेको बिजुलीको तारको गुजुल्टो एक्कासी माथिबाट खसेको र उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार उनको घटनास्थलमै ज्यान गएको हो।
ढुङ्गा खसेर एक चिनियाँको मृ-त्यु, एक घाइते
ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृ-त्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृ-त्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। ढुङ्गा ले ट्रकमा समेत क्षति पुगेको छ ।
त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हुन् । मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।
मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भएको र शव बेँसीशहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ ।

