काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले समानता भन्दा माथि राष्ट्रियता नहुने बताएका छन्। पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले बिहिबार एक ट्वीट गर्दै समानता भन्दा माथि राष्ट्रियता नहुने बताएका हुन्।
नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई लिएर छलफल चलिरहेका बारे भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई लिएर राजनीतिक दल बीच मतभिन्नता देखिएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले वैवाहिक अंगिकृतलाई नागरिकता दिने विषयमा कडाई गर्नुपर्ने बताउँदै आएको छ। नेकपाका सांसदहरुले समानताको कुरा राष्ट्रियताभन्दा ठूलो हुन नसक्ने बताउँदै एक छन्।
यसै भनाई प्रति लक्षित गर्दै भट्टराईले यस्तो समानता भन्दा माथि राष्ट्रियता नहुने बताएका हुन्। वैवाहिक नागरिकतावारे बहस हुँदा महिला र पुरूषका विदेशी दम्पत्तिमाथि असमानता झल्कने प्रावधान नेपालको संविधानमा रहेको कुरा सच्याउनेबारे सोच्नपर्ने उनको भनाई छ।
“वैवाहिक नागरिकतावारे बहस हुँदा महिला र पुरूषका विदेशी दम्पत्तिमाथि असमानता झल्कने प्रावधान नेपालको संविधानमा रहेको कुरा सच्याउनेवारे पनि सोचौं है!’राष्ट्रियता भन्दा माथि समानता हुदैन’ हैन ‘ समानता भन्दा माथि राष्ट्रियता हुँदैन’ हो है मैले बुझेको मार्क्सवादले भन्ने त! कणहरू कता?”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
वैवाहिक नागरिकतावारे बहस हुँदा महिला र पुरूषका विदेशी दम्पत्तिमाथि असमानता झल्कने प्रावधान नेपालको संविधानमा रहेको कुरा सच्याउनेवारे पनि सोचौं है!’राष्ट्रियता भन्दा माथि समानता हुदैन’ हैन ‘ समानता भन्दा माथि राष्ट्रियता हुँदैन’ हो है मैले बुझेको मार्क्सवादले भन्ने त! कणहरू कता? https://t.co/cEWxQGzJTD
— Baburam Bhattarai (@brb1954) June 18, 2020

“भारतीय चेली-बेटीलाई सजिलै नागरिकता दिँदा के हुन्छ सरिता गिरीले देखाइदिइन्”
वैवाहिक अंगिकृतलाई नागरिकता: नेकपा भन्छ कडाई गरौँ, कांग्रेस र जसपा भन्छन् केहि नगरौं !
वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि मात्रै दिन प्रस्ताव, मधेशी नेताहरुको असन्तुष्टि !