नेयमरलाई झड्का: बार्सिलोना विरुद्ध हालेको मुद्दाले आफैंलाई घाटा !

एजेन्सी – बार्सिलोनाले बोनसस्वरुप ४३.६ मिलियन नतिरेको भन्दै अदालत पुगेका नेयमारले उल्टै बार्सिलोनालाई ६ मिलियन युरो भन्दा बढी रकम तिर्नु पर्ने भएको हो।

बार्सिलोनाको सामाजिक अदालतले पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फरवार्ड नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन युरो तिर्नुपर्ने गरी फैसला गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

सन् २०१७ मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएपछि बार्सिलोनाले बोनसस्वरुप ४३.६ मिलियन युरो तिर्नुपर्ने भन्दै नेयमार बार्सिलोना विरुद्ध अदालत पुगेका थिए। तर, बार्सिलोनाको अदालतले नेयमार नभई बार्सिलोना क्लबको पक्षमा फैसला गरेको हो।

अदालतले नेयमरले रकम तिर्नुपर्ने गरी फैसला गरेको बार्सिलोनाले शुक्रबार जानकारी गराएको छ। क्लबका अनुसार अदालतले यमारले माग गरेको ४३.६ मिलियन युरोको बोनस क्लबले दिनु नपर्ने निर्णय भएको छ।

“बार्सिलोनाको सामाजिक अदालत सेक्सन १५ ले गरेको फैसलाको क्लब बार्सिलोना स्वागत गर्दछ । क्लब र खेलाडी नेयमार जुनिअरबीच पछिल्लो पटक सम्झौता नविकरणलाई आधार मानेर बोनस दिने विषयमा अदालतले फैसला सुनाएको छ । अदालतको फैसलासँगै नेयमारले माग गरेको ४३.६ मिलियन युरोको बोनस क्लबले दिनु नपर्ने भएको छ । क्लबले आफ्नो रक्षामा पेश गरेको तथ्यहरु अदालतले स्वीकार गरेको छ। अब रकम माग गर्ने खेलाडीले उल्टै ६.७ मिलियन युरो फिर्ता दिनुपर्ने अदालतको फैसला छ।”,एक विज्ञप्ति जारी गर्दै क्लबले भनेको छ।

पीएसजी जानुअघि नेयमरले बार्सिलोनासँग सम्झौता नविकरण गर्दा बोनस माग गरेका थिए । सन् २०१७को अगस्टमा नेयामारले बोनस वापतको रकम पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए ।

प्रकाशित : शनिबार, असार ०६, २०७७०५:४२

सुआरेजलाई लडाएपछि मेस्सीले सहनै सकेनन्, उठाए यस्तो कदम ! [भिडियो सहित]