सुआरेजलाई लडाएपछि मेस्सीले सहनै सकेनन्, उठाए यस्तो कदम ! [भिडियो सहित]

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकियो। दुवै पक्षले गोल गर्न नसक्दा दोस्रो स्थानको रियल म्याड्रिडलाई फाइदा पुग्यो। बराबरीमा रोकिएपछि लिगमा अग्रता बढाउने कार्यमा बार्सिलोना चुकेको छ।

शुक्रबाट राति भएको खेल केहि तनावपूर्ण पनि रह्यो। सेभिल्लाको घरेलु मैदानमा खेल हुँदा बार्सिलोनाका केहि खेलाडी र सेभिल्लाका खेलाडी बीच धकेला-घकेला भयो।

खासमा, बार्सिलोना कप्तान लियोनेल मेस्सीले सेभिल्लाका डिएगो कार्लोस धकेले पछि स्थिति केहि समय तनावपूर्ण बन्न पुगेको हो। तर, त्यस अवस्थामा मेस्सी भने केहि भाग्यमानी ठहरिए। भाग्यवस उनलाई रेफ्रीले रेड कार्ड भने देखाएनन्।

के भएको हो खासमा ?

खुट्टामा चोट लागि घाइते भई हालसालै मैदानमा फर्किएका लुइस सुआरेजलाई सेभिल्लाका खेलाडीले लडाइदिए। जसपश्चात मेस्सीको रिसको सीमा नाघ्यो। उनले सेभिल्लाका खेलाडी डिएगो कार्लोस धकेले।

कार्लोसले अलि बढी नै नाटक गरे र उनले लडेको जस्तो गरे। मेस्सीले सामान्य रुपमा धकेलेको विषयलाई सेभिल्लाका खेलाडीले बढाइचढाइ प्रतिक्रिया जनाएपछि बार्सिलोना रसेभिल्लाका खेलाडी बीच केहि समय भनाभन र धकेला-घकेला भयो।

लालिगामा बार्सिलोना र सेभिल्ला

कोरोना भाइरस संक्रमणका कारण रोकिएको लालिगा पुनः सुचारु भएको छ। लालिगामा बार्सिलोना शिर्षस्थानमा छ। ३० खेलबाट बार्सिलोनाले ६५ अंक जोडेको छ। दोस्रो स्थानमा रियल म्याड्रिड छ भने उसको ६२ अंक छ। यस्तै ५२ अंक सहित सेभिल्ला तेस्रो स्थानमा छ।

मेस्सीको ७०० गोल

शुक्रबार भएको खेलमा एक गोल मात्र गरेको भए मेस्सीले देश र क्लबको लागि ७०० गोलको आँकडा छुन्थे। तर, शुक्रबार कुनै गोल गर्न नसक्दा उनी ६९९ गोलमै अड्किए।

प्रकाशित : शनिबार, असार ०६, २०७७०७:३०

हालान्डको दुई गोलमा डर्टमुन्डको जित !