किन जान पर्यो पैसा स्वहा पार्न ब्युटी पार्लर ? यसरी घरमै गर्नुस् फेसियल !

एजेन्सी – केटिहरु फेसियल गर्नको लागि धेरै पैसा र समय खेर फाल्ने गर्छन् । सौन्दर्य प्रशाधनमा विभिन्न किसीमका रसायनहरु प्रयोग भएका हुन्छन् । यस किसीमका रसायनहरुको प्रयोगले अनुहारमा नकारात्मक असर पुग्ने हुन्छ ।

आज हामी तपाईंलाई प्राकृतिक रुपमा फेसियल गर्ने विधिको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंले निम्न ४ चरणहरु पुरा गर्नुपर्ने हुन्छ ।

पहिलो चरण – क्लिनिङग

आवश्यक सामाग्रीहरु गुलाबजल
चिसो पानी
२ चम्चा दुध

विधि: सबैभन्दा पहिला कपासलाई गुलाबजलमा भिजाई अनुहारलाई सफा गर्नुहोस् । त्यसपछि दुधलाई अनुहारभरि दल्नुहोस् । सुकिसकेपछि चिसो पानीले मुख धुनुहोस् ।

चरण २ स्क्रबिङ्ग

आवश्यक सामाग्री २ चम्चा चीनी
१ चम्चा जैतुन वा नरिवलको तेल
१ वटा ठूलो कागतीको रस

विधि: माथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । र गोलाकार रुपमा अनुहारभरि लगाउनुहोस् ।

चरण – स्टिमिङ्ग: रुमाललाई तातो पानीमा भिजाउनुहोस् । रुमाललाई निचोरेर पानीलाई बाहिर फ्याँक्नुहोस् । रुमाललाई अनुहारमा ४–५ मिनेटसम्म राख्नुहोस् ।

चरण – अनुहारमा मास्कको प्रयोग

आवश्यक सामाग्री: मह
कागतीको रस

विधि: मह र कागतीको रसलाई बराबर मात्रामा मिसाउनुहोस् । यसलाई अनुहारभरि लगाउनुभई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र मुख धुनुहोस् ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१४:०२

के तपाई धेरै अन्डा खानुहुन्छ ? सावधान धेरै अन्डा खाँदा देखिन सक्छ यस्तो स्वास्थ्य समस्या !