विदेशबाट फर्किएकाहरु बोकेर काठमाडौंबाट गएको बस दुर्घटना, २ गम्भीर घाइते !

सांकेतिक तस्विर

काठमाडौँ – काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ। विदेशबाट फर्किएकालाई लिएर काठमाडौंबाट धनगढीका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको हो। दुर्घटनामा परी २ गम्भीर घाइते भएका छन् भने बसमा रहेका अन्य यात्रु सामान्य घाइते भएका छन्।

कोरोना भाइरसको प्रभावपछि विदेशबाट फर्किएकाहरुलाई बोकेर धनगढी आउँदै गरेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सवार थिए।

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए। रु सात करोड ६१ लाख २४ हजार ५४३ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुने जनाइएको छ ।

गत जेठ ८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए। आर्थिक वर्ष २०६६÷०६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

प्रकाशित : सोमबार, असार ०८, २०७७०३:४८

विदेशी बुहारीलाई नागरिकता: “दिल्ली ले सहयोग गर्यो, माओवादीले घात गर्यो” – सरिता गिरी !