सलमान खानसँग नडराई हल्का आँट गरेको भए ऐश्वर्याका श्रीमान हुन्थे यी नायक !

बलिउडको दबांग खान यानि कि सलमान खान हिन्दी चलचित्र उद्योगको एक सुपरस्टार हुन्। आज उनको फिल्म उनकै दमबाट हिट भईरहेको छ।उनको प्रेममा नपरेका बलिउड अभिनेत्रीहरु कमै छन्। सलमानसँगको प्रेम सम्बन्ध भने अहिले सम्म कुनै अभिनेत्रीहरूसँग लामो समय टिक्न सकेन। कुनैबेला सलमानसँग प्रेम सम्बन्धमा रहेका थुप्रै अभिनेत्रीहरुको बिवाह भईसकेको छ भने केहीको सन्तान प्राप्त गरिसकेका छन्।

प्रेमकै मामिलामा सलमानले अन्य धेरै अभिनेताहरुलाई धम्क्याउने समेत काम गरे। आज हामी तपाईहरुलाई एक बलिउड अभिनेताको बारेमा जानकारी गराऊँन जाँदै छौँ जो सलमान खानको धम्कीका कारण केही समय आफ्नी प्रेमिका सँग टाढा हुन् पुगेका थिए।

कुनैबेला सलमान खानको धम्कीले डराएका बलिउड अभिनेता मध्य विवेक ओबराय पनि एक हुन्। भारतीय अभिनेता सुरेश ओबरायका छोरा हुन् विवेक ओबराय जो आफ्ना पिताको प्रेरणाले गर्दा चलचित्रमा क्षेत्रमा लागेका थिए। आफ्नो बाल्यकाल हैदराबादमा बिताएका उनको उच्च शिक्षाका लागि परिवार सहित मुम्बई आएका थिए। उनको स-परिवार चलचित्र क्षेत्रमा लागेका कारण उनी पनि यसै क्षेत्रमा सक्रिय बन्दै गए।

सन् २००४मा बनेको चलचित्र “कीयून हो गए ना “को मुख्य भूमिकामा देखिएका उनी र ऐश्वर्या बीच साथीको सम्बन्ध बनेको थियो। यस चलचित्र निर्माणकै समयदेखि विवेक उनको प्रेममा परेको भएपनि ऐश्वर्याले आफ्नो एक असल साथीको रुपमा मात्र लिएकी थिईन।

त्यस समयमा सलमान खान ऐश्वर्यासँग नजिक रहेका कारण विवेकलाई फोन मार्फत ऐश्वर्यासँग टाढा रहन धम्की दिएका थिए। उक्त डरलाग्दो धम्कीका कारण विवेकले विभिन्न मिडियाहरुमा बोल्दै आफ्नो ज्यान समेत धराप रहेको बताऊदै कडा सुरक्षाको माग गरेका थिए।

यी दुई अभिनेता बीच आफ्नो प्रेमको विषयमा विवाद हुँदै गर्दा ऐश्वर्याले भने सन् २००७ मा अभिषेक बच्चनसँग बिवाह गरिन भने २०१० सालमा विवेकले पनि कर्नाटकका मन्त्री जीवराज अल्वाकी छोरि प्रियंका अल्वासँग बिवाह गरेका थिए। अहिले उनका छोरा विवान ओबराय र छोरी अमाया निर्वाण ओबराय गरि दुई सन्तान भईसकेका छन्। अहिले उनि चलचित्र क्षेत्रमा निकै प्रसिद्ध अभिनेता गर्छन।

प्रकाशित : सोमबार, असार ०८, २०७७१४:५७

बलिउड अभिनेता गोविन्दाका छोरा परे कार दु-र्घटनामा!