बलिउड अभिनेता गोविन्दाका छोरा परे कार दु-र्घटनामा!

बलिउड अभिनेता गोविन्दाका छोरा यशवर्धन आहूजा सवार कार मुम्बईस्थित  जुहू सडकमा  दु-र्घटना भएको छ। यस दु-र्घटनामा परि गोविन्दाका छोरा सामान्य घाइते भएका छन् । साथै अर्का कार चालकको अवस्था पनि सामान्य रहेको छ ।

खबरअनुसार यशवर्धन आहूजाले चलाएको कार र एक कम्पनिको ड्राइभरले चलाएको कार एक-अर्कामा ठो-क्किएको थियो । उक्त गाडी आदित्य चोपडाको कम्पनि यशराज फिल्म्सको रहेको खुलेको छ । साथै यशवर्धनले चलाएको गाडी गोविन्दाको रहेको खुलेको छ । छोरा कार दु-र्घटनामा परेलगतै घटनास्थल पुगेका गोविन्द सुरुमा निकै रिसाएका थिए तर पछि  दुवै जनाको आपसी  समझदारीमा यस घटनालाई सुल्झाईएको छ ।

यस घटनाको भिडियो एक मानिसले रेकर्ड गरेर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । जुन अहिले  निकै भाइरल भैरहेको छ । घटनास्थलमा गोविन्द पनि देखिएका छन् ।

प्रकाशित : बिहिबार, असार ११, २०७७०७:०१

लकडाउन खुकुलो भएपछि प्रेमीसँग घुम्न निस्किईन साम्राज्ञी, तस्विर!