काठमाडौँ, असार ९ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४ सय रुपैयाले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेलो धातुको मूल्य रु ९० हजार ६ सय रुपैयामा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १ सय ६० कायम भएको छ। साथै सोही परिमाणको चाँदीको मुल्य रु ९ सय ४० मा खरिद बिक्री भइरहेको छ ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।