मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यसदिन तपाई सम्हालेर हिड्नुहोस् । तपाई आफ्नो आफन्तहरूसँग कुनै पनि विवाद नगर्नुहोस। शारीरिक र मानसिक रूपबाट तपाई चिन्तित हुनुहुनेछ । अनिन्द्राको कारण स्वास्थ्य खराब हुनसक्छ । बौद्धिक चर्चाबाट आनन्द प्राप्त हुनसक्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यसदिन तपाईलाई भावनाहरूको बन्धनमा बाधिएको अनुभव हुनेछ। तपाईको कार्य सम्पन्न हुदा आनन्दको मात्रा वृद्धि हुनेछ । दाजु-बहिनिबाट लाभ हुनेछ। शारीरिक र मानसिक रूपबाट प्रफुल्लतताको अनुभाव गर्नुहुनेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ। साथै धन खर्च पनि हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाई आफ्नो मनमा नकारात्मक मानसिक व्यवहार नराख्नुहोस । असन्तुष्टिको भावनाले मनमा चिन्ता रहनेछ। पारिवारिक वातावरण राम्रो रहदैन । तपाई प्रतिस्पर्धीहरु माथि विजयी बन्नुहुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाई यसदिन भावनाको प्रवाहमा नबहकिनुहोस्। छोटो यात्रा हुने सम्भावना रहेको छ । यस दिन तपाईको स्वास्थ्य राम्रो रहनेछ र मन पनि प्रसन्न रहनेछ। तर मध्यान्हपछि तपाईमा निराशाको भावना आउन सक्नेछ। धनको खर्च अधिक हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाई यसदिन कुनै पनि निर्णय लिनसक्ने स्थितिमा हुनुहुन्न, त्यसैले यसदिन आवश्यक निर्णय नगर्नुहोस् । पारिवारिक कार्यमा धन खर्च हुनेछ। तपाई आफ्नो बोलिमा संयम राख्नुहोस । नजिकका मानिससंग मनमुटावको प्रसंग बन्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईको यसदिन मध्यम फलदायी रहनेछ। यसदिन परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपबाट सुख-शान्ति रहनेछ। व्यावसायिक क्षेत्रमा पनि वातावरण अनुकूल रहनेछ। धनहानिको साथ-साथ मानहानिबाट पनि हुने सम्भावना रहेको छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यसदिन तपाईको पारिवारिक वातावरण आनन्दमयी रहनेछ। साथै परिवारका सदस्यहरूसँग मायालु सम्बन्ध रहनेछ। घरको साज-सजावटमा परिवर्तन हुनेछ। मानसिक स्वस्थतामा पनि वृद्धि हुनेछ। मानसिकरुपबाट शान्तिको अनुभव हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको लागि यसदिन भाग्यवृद्धिको योग रहेको छ । विदेशमा रहेका स्नेहीबाट राम्रो समाचार प्राप्त हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। धार्मिक यात्रा हुने सम्भावना रहेको छ। मान-सन्मान प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईको शारीरिक स्वास्थ्य बिहानको समयमा न्यानो रहनेछ । निषेधात्मक विचारले नकारात्मक रूपमा तपाईको मनको स्वस्थतामा असर गर्नेछ, त्यसैले वैचारिक तहमा संयम राख्नु आवश्यक छ। आकस्मिक धनप्राप्तिको योग छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यसदिन तपाई परिवारजनको साथ आनन्दपुर्वक यात्रा हुनेछ। तर मध्यान्हपछि तपाइको मनमा चिन्ताको अनुभव हुनेछ। अधिक खर्च हुनेछ। सरकारी कार्यमा बाधा आउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको यसदिन सुख-शान्तिपुर्वक बित्नेछ। पारिवारिक जीवनमा पनि आनन्द छाउनेछ। शारीरिक र मानसिक स्वस्थता प्राप्त हुनेछ। व्यवसायिक क्षेत्रमा तपाईलाई कीर्ति प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यसदिन तपाई विदेशी आकर्षणबाट टाढा रहनुहोस। कुनैपनि व्यक्तिको साथ बौद्धिक चर्चा या वाद-विवाद नगर्नुहोस। साथै यसदिन नया कार्यको सुरुवात नगर्नुहोस। मध्यान्हपछि तपाइको स्थितिमा आकस्मिक सुधार देख्नेछ। शारीरिक र मानसिक रूपबाट तपाई स्वस्थताको अनुभव गर्नुहुनेछ।