कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कोरोना संक्रमितको बुधबार ज्यान गएको हो।

ज्यान गुमाउनेमा स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन्। अस्पतालले बिहिबार बिहान स्याङजाका कोरोना संक्रमितको ज्यान गएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।

गत असार ८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको ती व्यक्ति निमोनिया र मधुमेयबाट पीडित भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाएका छन्।

कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति हुन्। उनको असार १० गते रातको ११ बजेर ३५ मिनेटमा ज्यान गएको अस्पतालको भनाई छ।

यससँगै नेपालमा कोरोना संक्रमणले निधन हुनेको संख्या २५ पुगेको छ ।

प्रकाशित : बिहिबार, असार ११, २०७७०३:०३

अमेरिकामा कोरोनाको दोस्रो लहर: अहिले सम्मकै दोस्रो बढी संक्रमित भेटिए !