उल्टो बाटोमा रहेको शुक्रले बदल्यो आफ्नो चाल, अब यी राशिलाई लाभै-लाभ !

बिहिबारबाट शुक्रले आफ्नो चाल परिवर्तन गरेको छ। पहिला वक्री अवस्थामा रहेको शुक्रले बिहिबारबाट आफ्नो चाल परिवर्तन गरेको हो। यस अगाडी उल्टो चलिरहेको शुक्र अब सुल्टो दिशामा चल्ने छ। ज्योतिषशास्त्रमा शुक्रलाई सुख, समृद्धि, ऐश्वर्य र विलासिताको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा शुक्रको बलियो उपस्थिति हुन्छ। उसको जीवन सुखमा बित्छ भन्ने ज्योतिषशास्त्रको मान्यता छ। शुक्र ग्रह वैवाहिक जीवनमा पनि असर पार्ने ग्रह हो।

शुक्रको चाल परिवर्तनले हरेक राशिलाई असर पर्नेछ। शुक्रको चाल परिवर्तनले राशि अनुसार पार्ने प्रभाव र दिलाउने फल निम्न छ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शुक्रको चाल परिवर्तनले मेष राशि हुनेहरुलाई आर्थिक लाभ मिल्नेछ। नयाँ कार्य शुरु गर्ने मौका मिल्नेछ। प्रेम जीवन तथा पारिवारिक जीवन पनि सुखद रहनेछ। यात्राको अवसर जुट्ने मात्र नभई यात्राले आर्थिक लाभ पनि दिलाउन सक्ने देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शुक्रको चाल परिवर्तनसँगै भौतिक सुखमा वृद्धि हुनेछ। विलासिताका साधन खरिद गरिनेछ। गर-गहना जोड्ने अवसर पनि मिल्न सक्ला। गरिएका खर्च खेर जानेछैनन्। प्रेम जीवनमा मधुरता छाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ्य र अर्थका हिसाबले समय कमजोर रहनेछ। सम्पत्तिलाई लिएर विवाद बढेछ। कामको चाप बढ्द भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। स्वास्थ्यमा समस्या देखिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आम्दानीका नयाँ श्रोत फेला पर्नेछन्। नयाँ कार्य थालनीको लागि परिवार तथा आफन्तबाट उचित सहयोग मिल्नेछ। प्रेमलाई नयाँ आयाम दिने मौका मिल्नेछ भने परिवारमा पनि उल्लासमय वातावरण रहला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य सबल बन्नेछ भने मानिसक रुपमा रहेका तनाबबाट उन्मुक्ति मिल्नेछ। इमान्दारिताले उच्च अधिकारीहरुलाई आफ्नो पक्षमा पार्न सफल भैनेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिएला। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

शुक्रको चाल परिवर्तनसंग भाग्य उदय हुनेछ। आर्थिक रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ भने नयाँ अवसरहरु प्राप्त हुनेछ। उपहारको रुपमा आभूषण प्राप्त हुन सक्लान्। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शुक्रको चाल परिवर्तन तुला राशि हुनेहरुका लागि मध्यम फलदायी रहने देखिन्छ। परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। यधपी आर्थिक रुपमा भने समय लाभप्रद नै रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

वैवाहिक जीवन उत्तम रहनेछ। प्रेममा रहनेहरुको पनि समय राम्रै बित्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। लगनशीलताले नाम, दाम र इनाम दिलाउन सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

शुक्रको चाल परिवर्तन धनु राशि हुनेहरुका लागि खासै सुखद रहने देखिँदैन। सानातिना काममा अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। नयाँ अवसर प्राप्त भएपनि समयमै निर्णय गर्न असमर्थ भइएला। परिश्रमको फल नमिल्दा मन खिन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शुक्रको चाल परिवर्तनसँगै जीवनमा अनेक सकारात्मक परिवर्तन आउने देखिन्छ। धेरै समय देखि अड्किएका योजना सुचारु हुनेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। धन संचित गर्ने अवसर पनि मिल्न सक्ला। साथै स्वास्थ्यले पनि साथ दिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शुक्रको चाल परिवर्तनसँगै नेतृत्व क्षमता बढ्नेछ। अचानक सम्पत्ती पाउने सम्भावना रहला। पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

शुक्रको चाल परिवर्तन मीन राशि हुनेहरुका लागि खासै लाभप्रद रहने देखिँदैन। अरूका लागि समय खर्च गरिनेछ। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा नियन्त्रण नहुँदा बन्न लागेका काम पनि बिग्रिन सक्लान्।

प्रकाशित : बिहिबार, असार ११, २०७७०५:५०

दिउँसो १२ बजे देखि ३ बजेको बीचमा जन्मिएकाहरुको कस्तो हुन्छ भाग्य ? हेर्नुहोस् !