काठमाडौँ, असार ११ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य बुधबारको तुलनामा आज भने स्थिर रहेको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९१ हजार १ सय रुपैयामा कारोबार भएकोमा आज पनि सोही मूल्य (९१ हजार १ सय) मा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय ६५ कायम भएको छ। साथै आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाले घटेको छ। आज चाँदीको मुल्य प्रतितोला रु ९ सय ३५ रुपैया मा खरिद बिक्री भइरहेको छ ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।