एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुतको अवसान पश्चात प्रहरी लगातार अनुसन्धानमा जुटिरहेको छ। सुशान्तको मृत्यु बारे विभिन्न कोणबाट अनुसन्धानमा भइरहेको छ।

प्रहरीले सुशान्तको घरमा काम गर्ने कामदार, नजिकका साथी, प्रेमिका भनेर चर्चा गरिएका रिया चक्रवर्ती सहित अन्य व्यक्तिहरुको बयान समेत लिसकेको छ। यस्तै प्रहरीले यशराज फिल्मसँग सुशान्तसँग भएको कन्ट्याक्टको कागजपत्र लिएर पनि अनुसन्धान गरेको छ। सुशान्तको मृत्यु प्रकरण बारे अनुसन्धान गर्न जनस्तरबाटै आवाज उठेपछि प्रहरी गम्भीर अनुसन्धानमा जुटेको बताइएको छ।

विभिन्न व्यक्तिहरुसंग बयान लिने कार्य सकिएसँगै मुम्बई प्रहरीको ध्यान सुशान्तको ट्वीटरमा गएको छ। ट्वीटरमा अनुसन्धान गर्दा प्रहरीले अहिले आएर प्रहरीले नयाँ ट्वीस्ट फेला पारेको छ।

बताइएअनुसार, सुशान्तको ट्वीटरबाट ६ महीनादेखि कुनै पनि ट्वीट भएको देखिएको छैन। २७ डिसेम्बर २०१९ सम्ममात्रै सुशान्तको ट्वीट रहेको र त्यसयता उनले ट्वीट नै नगरेको विषयले प्रहरीको ध्यान तानेको छ।

त्यससमय यता उनले ट्वीटनै नगरेका हुन्, अथवा उनको ट्वीट कसैले हटाएको हो भन्ने बारे अन्योलता छ। यस विषयलाई प्रष्ट पार्न प्रहरीले ट्वीटरलाई पत्र पठाएको छ। प्रहरीले पछिल्लो ६ महीनायताका ट्वीटको विवरण माग गर्दै ट्वीटरलाई पत्र पठाईसकेको छ।

