काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त्य गर्न आग्रह गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको विषयमा टिप्पणी गर्दै थापाले राज्यलाई पार्टीको सम्पति ठानेर दुरुपयोग नगर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाँको सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हुने थापाको भनाई छ।
“प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाँ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।”,थापाले ट्वीट गर्दै भनेका छन्।
राज्यको सम्पति रक्षागर्नु प्रधानमन्त्रीको कर्तब्य रहेको स्मरण गराउँदै अध्यक्ष थापाले केपी शर्मा ओलीलाई अलोकतान्त्रिक कार्य नगर्न सुझाव दिएका छन्।
“राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षागर्नु प्रधानमन्त्रीको कर्तव्य हो”,थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भनेका छन्।
यस्तो छ थापाको ट्वीट –
प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाँ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षागर्नु प्रधानमन्त्रीको कर्तव्य हो
प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाॅ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्।राज्यको सम्पति रक्षागर्नु @PM_Nepalको कर्तव्य हो
— Kamal Thapa (@KTnepal) June 26, 2020
सत्तारुढ नेकपाको असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। शनिबार पनि स्थायी कमिटीको अर्काे बैठक बस्दैछ। शनिबार पनि बैठक प्रधानमन्त्रिको सरकारी निवासमा बस्ने सम्भावना छ।

