कपालमा तेल लगाएपछि झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती, निम्तिन सक्छन् गम्भीर समस्या !

हाम्रो शरीरलाई स्वस्थ राख्न पौष्टिक आहारका साथै हेरचाहको पनि उत्तिकै जरूरी हुन्छ। यस्तै मजबूत,घना कपालको  लागि पनि भरपूर पोषणको आवश्यकता पर्दछ। जब कपालले आफुलाई चाहिने पोषण तत्व पाउँछ तब कपाल घना,लामो र सिल्की हुन्छ। केमिकलयुक्त हेयर उत्पादन र प्रदुषणका कारण कपाल खराब हुने गर्छ। आजको व्यस्त समयमा कपालको सहि रेखदेख गर्न निकै गार्हो छ। त्यसैले गर्दा आजभोली कम उमेरका युवाहरुमा पनि कपाल सेतो हुने,चायाँ पर्ने,कपाल झर्ने जस्ता समस्या बढ्दो छ ।

राम्रो श्याम्पूले नुहाउनुनै बलियो र चम्किलो कपालका लागि पर्याप्त हुँदैन, तर टाउकोको मालिस पनि आवश्यक हुन्छ। कपालमा राम्रो तेल लगाएर मालिस गर्नुहोस्। टाउकोको मालिस गर्नाले कपाल मजबूत बनाउन सहयोग पुर्याउँछ। तर तेल लगाएपछि केहि सावधानी भने पुर्याउँन जरूरी छ । आज हामी बताउँछौँ कि तपाईंले  कपालमा तेल लगाएपछि  दिमागमा राख्नु पर्ने कुरा के हो, अन्यथा तपाईको कपाल चाँडै बिग्रन पनि सक्छ।

एकै पटकमा धेरै तेल नलगाउनुहोस्

आजको  समयमा व्यस्त जीवनशैलीक कारण मानिससँग आफ्नै लागि पनि धेरै समय हुँदैन। आरामले बसेर कपालमा तेल लगाएर टाउकोको मालिस गर्ने पनि समय हुँदैन आजका मानिससँग। यस्तोमा जब समय मिल्छ उनीहरु अधिक मात्रामा तेल लागाउँछन् । तर यसो गर्नु ठिक छैन। तपाईं जति धेरै तेल लगाउनु हुन्छ त्यसलाई हटाउन उत्तिनै धेरै श्याम्पू प्रयोग गर्नुहुन्छ। यसले गर्दा तपाईंको कपालको प्राकृतिक नामी हराउँछ जसले गर्दा कपाल नुहाइसकेपछि तपाईंलाई कपाल बढी सुक्खा लग्न सक्छ।

तेल लगाएपछि कपाललाई कसेर नबाध्नुहोस् 

कपाल तेल लगाएपछि नरम हुन्छ। त्यसैले तपाईंले कपाल जति कसेर बाँध्नु भयो त्यतिनै कपाल टुट्ने सम्भावना हुन्छ। त्यसैले केहिबेर कपाललाई खुल्ला छाड्नु नै राम्रो हुन्छ।

तेल कपालमा  लामो समयसम्म नराख्नुहोस् 

मानिसहरू विश्वास गर्दछन् कि कपालमा तेल लगाएर जति धेरै समय  छोड्यो , त्यतिनै उत्तम हो, तर यो धारणा गलत हो। कपालमा तेल लगाएपछि, तिनीहरू चिपचिपे हुन्छन् जसले गर्दा  धेरै फोहोर टाँसिन्छ। तेल लगाएको कारणले जति धेरै फोहोर तपाईंको कपालमा टाँसिन्छ , त्यतिनै तपाईंको कपाललाई  हानिकारक  हुन्छ।

तेल मालिस पछि तुरुन्त काईंयो नलगाउनुहोस् 

कपाल, तेल लगाएर मालिस गरेपछि नरम हुन्छ। यस्तोमा तेल सेट हुन छोड्दिनु पर्छ। यदि तपाईंले काईंयो लगाउनु भयो भने कपालमा अधिक दवाव पर्न सक्छ र कपाल टुट्न सक्छ। तेल मालिस पछि आफ्नो कपालमा काईंयो लगाउनुको सट्टा, हल्का औंलाहरु को मद्दतले कपाल  मिलाउनु नै राम्रो हुन्छ।

तेल मसाज पछि अन्य हेयर उत्पादनहरु प्रयोग नगर्नुहोस्

कपालमा तेल लगाएर मालिस गरेपछि अरु हेयर उत्पादनको प्रयोग नगर्नुनै राम्रो हुन्छ।  राम्रो यहि हुन्छ कि तपाइँ ती वस्तुहरु आफ्नो कपाल राम्रोसँग श्यम्पूले नुहाएपछि मात्र प्रयोग गर्नुहोस्।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१५:०७

वजन कम गर्नु अघि बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती, हुन सक्छ घातक !