सुशान्त सिंह राजपुत प्रकरण: सलमान माथि गालिको वर्षात, भनियो वुद्धिहिन साँढे !

एजेन्सी – बलिउडमा लामो समय देखि राज गरिरहेका सलमान खान पछिल्लो समय आलोचनाको केन्द्र बनिरहेका छन्। बलिउड नायक सुशान्त सिंह राजपुतको अवसान पश्चात भड्किएका मानिसहरु उनको चर्को आलोचना गरिरहेका छन्। बलिउडमा धेरै कलाकार तथा गायकहरुको करियर बर्बाद गरिदिएको आरोप उनी माथि लागेको छ।

आफ्ना नातेदार तथा नजिकका व्यक्तिहरुलाई बलिउडमा स्थापित गराउन उनले अपनाएका ‘हत्कण्डा’ बारे प्रश्न उठाएर सामाजिक संजालमा गालि-गलौज समेत गरिएको छ।

सलमानले सामाजिक संजालमा गरेका हरेक पोस्टमा उनको ट्रोल गरिएको छ। बुद्धिहिन, गुण्डा जस्ता उपनाम दिएर उनलाई धेरैले ट्रोल गरिरहेका छन्। जस मध्ये केहिले उनलाई अभिनय नआउने ‘साँढे’ समेत भनेका छन्।

सलमानले सामाजिक संजालमा अपलोड गरेको एक सर्टलेस तस्विरमा कमेन्ट गर्दै धेरैले पहिला कलाकार भन्दा पनि मानव बन्न भनेका छन्। “पहिला मानव बन्न सिक; शरीर त बनायौं बिग्रिएको मति कहिले राम्रो बनाउछौ” लगायतका कमेन्ट उक्त पोस्टमा गरिएका छन्।

 

View this post on Instagram

 

Just finished working out ….

A post shared by Salman Khan (@beingsalmankhan) on

यस्तै सुशान्तको अवसान पश्चात आक्रोशित भएका उनका प्रशंसकहरुले सलमानका चलचित्र बहिष्कार गर्ने पनि चेतवानी दिरहेका छन्। आफूहरुकै मायाले सलमान मात्तिएको भन्ने आरोप प्रशंसकहरुको छ।

सलमान खान, कारण जोहर लगायतका व्यक्ति तथा विभिन्न प्रोडक्सन हाउसको गुटबन्दीबाट हैरान भएर सुशान्त आत्महत्या गर्न बाध्य भएको सुशान्तका फ्यानहरू र सोशल मिडिया प्रयोगकर्ताहरू बताइरहेका छन्।

प्रकाशित : आइतबार, असार १४, २०७७१३:१६

भुवन माथि गम्भीर आरोप: छोरी-छोरी भन्दै साम्राज्ञी माथि गरेका रहेछन् यस्तो दुर्व्यवहार ![भिडियो]