भुवन माथि गम्भीर आरोप: छोरी-छोरी भन्दै साम्राज्ञी माथि गरेका रहेछन् यस्तो दुर्व्यवहार ![भिडियो]

काठमाडौँ – नायक भुवन केसीमाथि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गम्भीर आरोप लगाएकी छन्। साम्राज्ञीले सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै केसी माथि दुर्व्यवहारको आरोप लगाएकी हुन्।

भन्नलाई छोरी भनेपनि केसीबाट आफू पटक-पटक दुर्व्यवहारको शिकार भएको सार्वजनिक भिडियोमा उल्लेख गरेकी छन्। केसीले आफूलाई पटक-पटक गलत तरिकाले छोएको उनको आरोप छ।

साथै दुर्व्यवहार बारे कतै कूरा ननिकाल्न केसीले पटक-पटक दबाव दिएको पनि उनले भिडियोमा खुलाएकी छन्। चलचित्र क्षेत्रका अन्य व्यक्तिहरुले चुप लागेर बस भन्दा सम्झाएको कारण आफू अहिले सम्म चुप बसेको उनको भनाई छ।

साम्राज्ञी ड्रिम फिल्मबाट डेब्यु गरेकी थिइन्। सो चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा थिए। चलचित्र भुवन केसीले निर्माण गरेका थिए। सोहि चलचित्रको छायाँकनका क्रममा आफू माथि दुर्व्यवहारको शिकार भएको साम्राज्ञीले भनाई छ। जापानमा भएको एक अवार्डमा समेत भुवनले पूराना कुरा भुल्न भनेको पनि साम्राज्ञीले भिडियोमा सुनाएकी छन्।

“तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भनेर सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेकी थिएँ ।”,साम्राज्ञीले भिडियोमा भनेकी छन्–”ती कुराहरू केही टाढा बसेर पनि भन्न सकिन्छ नि । गाला जोडेर, टाँस्सिएर भन्नुपर्छ र ? छोएर अब यस्तो नगर है भन्दै गालामा मुख जोडेरै भन्नुपर्छ र ।”

यस अगाडी साम्रगीले आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम भने लिएकी थिइनन्। साम्रगीको यस किसिमको कुरा बाहिर आएसँगै नायक भुवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए ।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७०३:०२

सुशांतले एक महिनामै बदलेका थिए ५० सिम ? कसले दिन्थ्यो धम्की ?