सुशांतले एक महिनामै बदलेका थिए ५० सिम ? कसले दिन्थ्यो धम्की ?

एजेन्सी – बलिउड अभिनेता सुशांत सिंह राजपूतको अवसान बारे निष्पक्ष सीबीआई अनुसन्धानको माग भइरहेको छ। सुशांतको मृत्यु पछाडी अनेक रहस्य लुकेको भन्दै निष्पक्ष सीबीआई अनुसन्धानको माग गरिएको हो।

सुशांतको मृत्युलाई लिएर बलिउडका धेरै कलाकारहरुले पनि चासो व्यक्त गरिरहेका छन्। बलिउडका धेरै कलाकार सुशांतको मृत्यु बारे सीबीआईले अनुसन्धान गर्नुपर्ने बताइरहेका छन्।

हालसालै सुशांतसँग सम्बन्धि एक नयाँ तथ्य खुलेको छ। बताइएअनुसार, सुशांतले एक महिनामा करिब ५० सिमकार्ड परिवर्तन गरेका थिए। यस नयाँ खुलासाले सुशांतको मृत्युमा थप शंका पैदा गरेको छ।

सुशांतले एक महिना सम्म ५० सिमकार्ड परिवर्तन किन गरे भन्ने प्रश्नले अहिले धेरैलाई सताएको छ। सिमकार्ड ५० पटक सम्म बदल्न पर्ने गरी उनलाई कसले धम्कि दियो भन्ने कुरा बारे पनि चर्चा शुरु भएको छ।

सुशांतको घर पुगेर आएपछि बलिउड कलाकार तथा राजनीतिक नेता शेखर सुमनले एक पत्रकार सम्मेलनमा अनेक प्रश्न उठाएका छन्। सुशांतको सु-साइड नोट नभेटिनु र एक महिनामा ५० सिमकार्ड परिवर्तन गर्नुले सुशांतको मृत्यु बारे शंका उत्पन्न भएको उनको भनाई छ।

एक महिनामा ५० पटक सम्म सिमकार्ड परिवर्तन गर्न उनलाई कसले बाध्य बनाएको हो भन्ने बारे अनुसन्धान गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित : बुधबार, असार १७, २०७७०३:२७

१७ दिन पछि सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक, मृत्युको कारण यस्तो देखियो !