१७ दिन पछि सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक, मृत्युको कारण यस्तो देखियो !

एजेन्सी – स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । सुशान्तले ज्यान फालेको १७ दिन पश्चात बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको हो।

सुशान्त सिंह राजपुतको निधन योजनाबद्ध रहेको भन्दै निष्पक्ष छानबिनको माग भइरहेका बेला बुधबार ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

के हो ‘भिसेरा टेस्ट’ ?

मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन भिसेरा टेस्ट गरिन्छ। यसको लागि मृतकको पाचन तन्त्र, मष्तिस्क, किडनी, कलेजो लगायतका अंगको केहि हिस्सा सहित रगत र पिसाब जम्मा गरिन्छ। यी अङ्गहरु ल्याब पठाइन्छ र मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर जाँच गरिन्छ।

सुशांतले एक महिनामै बदलेका थिए ५० सिम ? कसले दिन्थ्यो धम्की ?

के छ सुशान्तको ‘भिसेरा रिपोर्ट’ मा ?

पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो। बुधबार सार्वजनिक रिपोर्टका सुशान्तको शरीरमा केही पनि नशालु र विशालु पदार्थ पाइएको छैन। यससँगै उनको निधन एस्फिक्सियाका कारण भएको पुष्टि भएको छ। एस्फिक्सियाको अर्थ हुन्छ की शरीरमा अक्सिजनको कमी हुनु।

 

प्रकाशित : बुधबार, असार १७, २०७७०९:०८

मर्ने डर भएपछि यी ५ नायकले छाडेका थिए चुरोट, १ लाई त क्यान्सर समेत देखिएको थियो !