नासाले सार्वजनिक गर्यो सूर्यको १० वर्षको भिडियो, १० वर्षमा के-के परिवर्तन भए भिडियोमै हेर्नुहोस् !

एजेन्सी – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सूर्यको एक अद्भुत भिडियो सार्वजनिक गरेको छ। नासाले सूर्यको पूरै एक दशकको तस्विरहरुलाई भिडियोमा उतारेर सार्वजनिक गरेको हो।

सोलार डायनेमिक्स अब्जर्भेटरीले करिब १० वर्षमा खिचेका दृश्यहरुलाई भिडियोमा परिणत गरेर सार्वजनिक गरिएको नासाले जनाएको छ। सार्वजनिक भिडियो ६१ मिनेटको छ।

नासाको सोलार डायनेमिक्स अब्जर्भेटरीले विगत कयौं वर्ष देखि सूर्यको तस्विर खिच्ने र जानकारी जम्मा गर्ने कार्य गर्दै आएको छ। सोलार डायनेमिक्स अब्जर्भेटरीले हरेक ० । ७५ सेकेन्डमा तस्विरहरु खिच्छ। १० वर्षमा ४० करोड भन्दा बढी तस्विर जम्मा भएको नासाको भनाई छ।

सोलार डायनेमिक्स अब्जर्भेटरीले सन् २०१० जून १ देखि सन् २०२० जून १ सम्म ४२ करोड ५० लाख भन्दा बढी उच्च-रिजोलुसनका तस्विरहरु खिचेको थियो। नासाका अनुसार सोलार डायनेमिक्स अब्जर्भेटरीले जम्मा गरेको डाटा २ करोड गीगाबाइट भन्दा बढी थिए। तीनै तस्विरलाई एकमुष्ट जम्मा गरेर भिडियोमा परिणत गरिएको हो।

नासाले सार्वजनिक गरेको भिडियोको एक सेकेन्डमा एक दिनमा जम्मा गरिएका तस्विरहरु समावेश छन्। यस अर्थमा भिडियोको एक सेकेन्ड बराबर एक दिन हो।

१० वर्षमा सोलार डायनेमिक्स अब्जर्भेटरीले जम्मा गरेका जानकारीबाट धेरै तथ्यहरु खुलेको बताइएको छ। नासाले भिडियो सार्वजनिक गर्दै एक विज्ञप्ति समेत जारी गर्दै कयौं नयाँ तथ्य उजागर गर्ने ढोका खुलेको जनाएको छ।

“एसडीओले १० वर्षमा ४२ करोड ५० लाख भन्दा बढी तस्विर जम्मा गरेको छ। एसडीओले जम्मा गरेका डाटा २ करोड गीगाबाइट भन्दा बढी छ। जम्मा भएका जानकारीले अनगिन्ती नयाँ अन्वेषणहरूका लागि बाटो खोलेको छ”,नासाले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रकाशित : सोमबार, असार १५, २०७७०७:१७

ठूलो तारा एकाएक गायब भएपछि खगोलशास्त्रीहरु चकित, खोज्दैछन् कारण !