ठूलो तारा एकाएक गायब भएपछि खगोलशास्त्रीहरु चकित, खोज्दैछन् कारण !

एजेन्सी – पृथ्वीबाट टाढा रहेको एक तारा एकाएक गायब भएको छ। खगोलशास्त्रीका अनुसार पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश वर्ष दूरीमा रहेको एक तारा गायब भएको हो। यसरी तारा गायब भएको देखेर खगोलशास्त्रीहरु चकित परेका छन्। उक्त तारा ब्ल्याकहोलमा समाहित भएको हुन सक्ने खगोलशास्त्रीहरुको अनुमान छ।

यसरी कुनै पनि तारा सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यो पहिलो घटना हो। धेरै समय देखि अनुसन्धान गरिरहेका खगोलशास्त्रीहरु यस्तो आफूहरुले कहिले पनि थाहा नपाएको बताउँछन्।

बताइएअनुसार, युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा बिलाएको पत्ता लागेको हो। गायब भएको तारा सूर्यभन्दा २५ लाख गुणा धेरै तेजिलो थियो। उक्त तारा सन् सन् २०११ देखि २०१९ को बीचमा गायब भएको हुन सक्ने अनुमान गरिएको छ।

यो तारा किन गायन भयो भन्ने बारे गम्भीर रुपमा अनुसन्धान भइरहेको छ। यसका विभिन्न कारण हुन सक्ने खगोलशास्त्रीहरु बताउँछन्। यो तारा गायब भएको नभई यसलाई धूलोले ढाकेको पनि हुन सक्ने खगोलशास्त्रीहरुको अनुमान छ।

तारा विस्फोट भई बन्ने सुपरनोभाको स्थिति नआउँदै ब्ल्याकहोलमा विलय भएको हुन सक्ने पनि अनुमान गरिएको छ।

प्रकाशित : बिहिबार, असार १८, २०७७०३:२२

विवाह भएको ९ वर्षपछि जब जिनेटिक रुपमा पुरुष भएको थाहा भयो …