काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले कुरा सुन्ने र काम गर्ने सरकार जनताले चाहेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला थापाले कुरा सुन्ने र काम गर्ने सरकार आफूहरुले चाहेको बताएका हुन्।
बालुवाटारमा तमासा भैरहेको थापाको टिप्पणी छ। सरकार चलाउनेहरुले आफू जोगिन र आफ्ना जोगाउन बाहेक अरु कुरामा ध्यान नदिएको थापाको आरोप छ।
“बालुवाटारमा तमासा छ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।”,थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्। देशमा कोरोना र सलह किराको सङ्कट रहेका बेला त्यसतर्फ ध्यान नदिएर अन्तरिक कलहमा नेकपा रुम्मलिएको थापाको बुझाई छ।
थापा फेसबुकमा लेख्छन्,”सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।” नेकपाको तमासा धेरै भयो भन्दै उनले कुरा सुन्ने र काम गर्ने सरकार दिन नेकपा सचिवालयलाई अनुरोध गरेका छन्।
“नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।”,फेसबुकमा उनले लेखेका छन्।
फेसबुकमा थापाले यसो लेखेका छन् –
बालुवाटारमा तमासा छ!
सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।
त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।

