रोनाल्डोको यो उत्कृष्ट गोल जसले ७ सय गोल पूरा गरेका मेस्सीलाई ओझेलमा पार्यो …[भिडियो]

एजेन्सी- अर्जेन्टिनी राष्ट्रोय फुटबल टोली तथा फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले ७ सय गोल पूरा गरेका छन् । मंगलबार एटलेटीकोविरुद्ध खेलमा गोल गर्दै मेस्सीले ७ सय गोल पूरा गरेका हुन् । क्लब र राष्ट्रको करीअरमा मेस्सीको ७ सय गोल पूरा भएको छ।

मेस्सीले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै करिआरको ७ सयौं गोल पूरा गर्न सफल भए । एटलेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पनेंका चिप प्रहार गर्दै यान ओब्लाकलाई विपरित दिशामा पठाएपछि मेस्सीको सात सय गोल पूरा भएको थियो। मेस्सीले ७ सय गोल पूरा गरेपनि बार्सिलोना एटलेटिकोसँग बराबरीमा रोकिन पुग्यो।

मेस्सीले ७ सय गोल पूरा गर्दा मंगलबार राति नै क्रिस्टियानो रोनाल्डोले गरेको गोल यति बेला चर्चामा छ। इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३-१ को अन्तरले पराजित गर्दा रोनाल्डोले उत्कृष्ट गोल गरे।

मिरालेम प्यानिचको पासलाई जेनोआको हाफको आधा भाग बल अगाडी बढाएपछि झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले गरेको प्रहार गोलमा परिणत भयो। रोनाल्डोको उक्त उत्कृष्ट गोलले मेस्सीको ७०० गोल पूरा गरेको विषयलाई ओझेलमा पारिदिएको छ। रोनाल्डोको यो गोल जारी लिग सिजनको २४ औं गोल हो।

प्रकाशित : बुधबार, असार १७, २०७७०५:३३

ओली सँगको छलफलपछि मन्त्री भट्टराईले भने – ‘सकारात्मक आशा गरौँ, प्रेक्सी वार बन्द गरौ’