गगन भन्छन् – ‘अति भयो तमासा ! अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुस्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले कुरा सुन्ने र काम गर्ने सरकार जनताले चाहेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला थापाले कुरा सुन्ने र काम गर्ने सरकार आफूहरुले चाहेको बताएका हुन्।

‪बालुवाटारमा तमासा भैरहेको थापाको टिप्पणी छ। ‪सरकार चलाउनेहरुले आफू जोगिन र आफ्ना जोगाउन बाहेक अरु कुरामा ध्यान नदिएको थापाको आरोप छ।

“‪बालुवाटारमा तमासा छ!‬ ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।”,थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्। देशमा कोरोना र सलह किराको सङ्कट रहेका बेला त्यसतर्फ ध्यान नदिएर अन्तरिक कलहमा नेकपा रुम्मलिएको थापाको बुझाई छ।

थापा फेसबुकमा लेख्छन्,”‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬” नेकपाको तमासा धेरै भयो भन्दै उनले कुरा सुन्ने र काम गर्ने सरकार दिन नेकपा सचिवालयलाई अनुरोध गरेका छन्।

“‪नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬”,फेसबुकमा उनले लेखेका छन्।

फेसबुकमा थापाले यसो लेखेका छन् –

बालुवाटारमा तमासा छ!‬
‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬
‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬

प्रकाशित : बुधबार, असार १७, २०७७०४:३०

रोनाल्डोको यो उत्कृष्ट गोल जसले ७ सय गोल पूरा गरेका मेस्सीलाई ओझेलमा पार्यो …[भिडियो]