राजिनामा माग गरिएपछि हार-गुहार गर्दै ओली: भने – ‘मेरो अपमान गरियो, सहयोग गर्नुस्’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलो देखिएको छ। बैठकमा धेरै जस्तो स्थायी कमिटी सदस्यहरुले केपी शर्मा ओलीसँग प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा माग गरेपछि यति बेला किचलो उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैतिरबाट प्रहार भएको भन्दै आफू निकटका नेताहरुसँग गुहार मागेका छन्। बुधबार बिहान आफू निकटका नेताहरुसंग बालुवाटारमा छलफल गर्दै गुहार मागेका हुन्।

ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरूलाई आग्रह गरेको बताइएको छ। छलफलमा उनले ओलीले यसरी अपमान गर्ने कुराले गलत परम्पराको विकास हुने बताए।

उनले आफू निकट मन्त्रीहरुसँग समेत छलफल गरेका थिए। पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट समेत सहभागी भएको बैठकमा उनले अहिले आफ्नो राजिनामा मागिएको र अपमान गरिएको भन्दै दुख व्यक्त गरे।

प्रधानमन्त्रीले १५-१६ जना स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीमा गम्भीर विवाद रहेको र पार्टी पनि गम्भीर संकटमा रहेको बताएका थिए।

छलफलमा सहभागी स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीलाई फराकिलो भएर सोच्न सुझाव दिएका थिए। पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा भएको व्यक्ति थप जिम्मेवार हुनुपर्ने सुझाव दिएका थिए।

प्रकाशित : बुधबार, असार १७, २०७७०७:४४

भारतीय मिडियामा खुसियाली: लेख्छन् ‘भारत विरुद्ध लाग्दाको फल, ओलीले राजिनामा नदिई धर छैन’