यसरी नुहाउने तरिका परिवर्तन गर्नुहोस, हरेक समस्याको समाधान भेट्नु हुनेछ!

ज्योतिषशास्त्र एउटा यस्तो विधी हो जस्मा हरेक समस्याको समाधान उपलब्ध हुन्छ। जहाँ एक तर्फ मनिसको भविष्यवाणी गर्न सक्छ भने अर्को तिर मर्कामा परेका व्यक्तीहरुको समस्या पनि हल गर्न मद्दत गर्दछ। यो कुरा सत्य हो कि ज्योतिषशास्त्र मानिसहरुको राशीफल अनुसार समाधान गरिन्छ, तर ज्योतिष विद्याले कुनै यस्तो समस्याको पनि समाधान गर्छ जुन जो कोहीलाई पनि फाईदा पुर्याउन सक्छ। कसैको नराम्रो दिन चलिरहेको छ भने आफ्नो नुहाउने शैलीलाई परिवर्तन गर्दा पनि समस्या हल हुने गर्दछ।

जहिले नुहाउनु भन्दा अगाडि पानीमा अलैंची  र केसर मिसाएर नुहाउदा नराम्रो समय घट्दै जाने विश्वास गरिन्छ। पुरानो समयमा मानिसहरु दुधले निहाउने कुरा पनि सुन्ने गरिन्छ। पानीमा दुध मिसाएर नुहाउदा आयु लामो हुने गर्छ। साथै शरीरमा तागत पनि आउने विश्वास गरिन्छ।

कुनै व्यक्तिलाई सम्पत्तिको कमी छ भने, पानीमा तिल मिसाएर नुहाउने गर्नु पर्छ। यसले महालक्ष्मीको कृपा बढ्छ अनि धन र समृद्धिको कहिले कमि हुँदैन । पैसा पाउनका लागि, तपाईंले नुहाउदा सुगन्धित वस्तुहरू मिसाएर नुहाउनु पर्छ । जस्तै फूलहरू, चन्दन आदि। यसो गर्दा धन सम्बन्धित समस्याहरूको हल हुने गर्दछ।
कोही व्यक्तिलाई अनुहार सम्भन्धी समस्या छ भने पानीमा अलि कति घिउ मिसाएर नुहाउदा शरीर स्वस्थ र छाला सुन्दर हुने गर्छ।

प्रकाशित : बुधबार, असार १७, २०७७१४:१९

१-१४ मुखीसम्मको रुद्राक्षको यस्तो छ महत्व!