कोरोना सामू शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुले दम तोडे !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा थपएक जनाको ज्यान गएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको बुधबार ज्यान गएको हो।

त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार शिशुको बुधबार साँझ ज्यान गएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालको भनाई छ। कोरोनाका कारण ज्यान गुमाउने उनी नेपालकै कम उमेरका संक्रमित हुन्।

थप एक मृत्यु सँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या पुगेको छ।

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ ।

केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन् ।

प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार चार सय थान कीट खरिद गरेको छ । टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट रु चार हजार ५ सयका दरले खरिद गरिएको हो ।

“दुई हजार चार सय किटमा रु एक करोड ८ लाख खर्च भएको देखिन्छ ।” केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठले भने –“केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो ।”

त्यसैगरी प्रदेश सरकारले आरडिटि विधिबाट कोरोना परीक्षणका लागि हालसम्म सुदूरपश्चिममा १ लाख ७४९२ थान ‘टेष्ट कीट’ खर्च भएको आपूर्ती व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ । ती ८० हजार १५० थान केन्द्रबाट उपलब्ध हुनुका साथै प्रदेश सरकारले २४ हजार ७ सय कीट खरिद गरेको हो ।

“आरडिटि कीट खरिदमा अहिलेसम्म रु २६ लाख ३८ हजार खर्च भएको देखिन्छ ।” उनले भने–“आरडिटि टेष्ट कीट प्रति थान रु ९५० परेको छ ।” त्यसैगरी यहाँका स्थानीय तहरुले पनि आरडीटी परीक्षणका लागि कीट खरिद गरेर परीक्षण गरिरहेका छन् ।

प्रकाशित : बिहिबार, असार १८, २०७७०९:२७

बाबुराम भन्छन् – ‘नेकपालाई बहुमत र कुकुरलाई घ्यू, उस्तै-उस्तै भयो”